अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

जलालाबाद । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् ।   युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय सञ्चारकमीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयासहरूलाई समस्यामा पारेको छ ।   कार्यालयबाट पैदल घर जाँदै…