प्रचण्ड दम्पतीलार्इ मन बुझाउने दुर्इ नाती

काठमाडौँ– पुत्रवियोगमा विक्षिप्त बनेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालले आफ्नी जेठी बुहारी सिर्जना त्रिपाठीलार्इ लाजिम्पाट भित्राएका छन् । प्रचण्ड र सीताका एकमात्र पुत्र प्रकाश दाहालको हृदयाघातका कारण अप्रत्याशित निधनपछि सन्नाटा छाएको लाजिम्पाट निवासमा सोमबार दुई नातिले सँगै खेलेर शोकाकुल अभिवावकहरुको अनुहारमा सान्त्वना दिएका छन् ।  प्रकाशका दुर्इ श्रीमती सिर्जना र बिनाका एक–एक छोरा छन्…