मुस्ताङ । पर्यटकीय मौसम सुरू भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसममा मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाटसमेत पर्यटक भ्रमणमा आउने गरेका छन् । फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो ।…