काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँको १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने उल्लेख गरे । विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताए…