रेशम चौधरीको मुद्दा फिर्ता लिन अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौँ । सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।   सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसहितका राजनीतिक दलका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले अध्यादेश ल्याउन लागेको हो ।    सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी र सीके राउत…