संसद् खुल्यो, जनजीविकाका समस्याबारे सांसदको चासो

काठमाडौँ । करिब एक महिनापछि नागरिकका समस्या र जनजीविकाका मुद्दा संसदमा उठेका छन् । दलहरुबीच सुन तस्करी प्रकरणका विषयमा जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै बुधबार प्रतिनिधिसभाको विशेष समय नागरिकका मुद्दाले प्रवेश पाएका हुन् । दलीय आधारमा आफ्ना धारणा राख्ने क्रममा सांसदले वर्षायाममा देखिएका बाढी पहिरोलगायत प्राकृतिक विपद्, डेंगु तथा पशु चौपायामा देखिएको लम्पी स्किन…