शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गरे : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफूलाई शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् । शनिबार रुकुम–पश्चिम–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष प्रचण्डकै अगाडि आफूलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हुन् । उपमहासचिव शर्माले कार्यकर्तालाई के आफू दलाल जस्तो देखिन्छु ?…