काठमाडौं । इरानको जेलमा रहेका पाँच नेपाली परराष्ट्र मन्त्रालयलको पहलमा नागरिक थुनामुक्त भइ स्वेदश फर्किएका छन् । उनीहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्नुहुने भारत सरकार,…