मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सातवटा प्रदेश प्रमुखले लिए राष्ट्रपतिबाट शपथ, चितवनबाट शेरचन र त्रिपाठीको नियुक्ति

सातवटा प्रदेश प्रमुखले लिए राष्ट्रपतिबाट शपथ, चितवनबाट शेरचन र त्रिपाठीको नियुक्ति


काठमाडौँ । सरकारले सातवटा प्रदेश सरकार प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस थियो । मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको थियो । 
 
सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित भएका थिए ।
 
प्रदेश सरकार प्रमुखमा चितवन जिल्लाका दुई नेता परेका छन् । गण्डकी प्रदेश सरकार प्रमुखमा चितवन दिव्यनगरका अमिक शेरचन र सात नम्बर प्रदेश प्रमुखमा चितवन जयमंगलाकी शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको हो ।  
 
नेकपाका केन्द्रीय नेता नारायण दाहालले प्रदेश सरकार प्रमुखमा चितवन जिल्लाका दुई नेता सिफारिस हुनु गौरवको विषय भएको बताए । उनले दुवै नेता प्रदेश ३ को सरकार प्रमुखमा नपरे पनि चितवनको विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने ठाउँमा पुगेको बताए । उनका अनुसार शेरचन र त्रिपाठी दुवै नेकपाका नेता हुन् । गण्डकी प्रदेश सरकार प्रमुखमा सिफारिस भएका शेरचन राजनीति गर्ने क्रममा झन्डै १६ वर्ष भूमिगत भएका थिए । उनी तीन वर्ष जेलसमेत परेका थिए । 
 
‘तत्कालीन राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत भइसकेका शेरचन एकीकृत नेकपा ९माओवादी०सँगको एकतापछि एकीकृत नेकपा माओवादीको स्थायी समिति सदस्य बनेका थिए’ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले भने, ‘दुई पार्टी एकीकरणपछि उहाँ अहिले नेकपाको स्थायी कमिटिको आमन्त्रित सदस्य हुनुभएको छ ।’
 
शेरचन पहिलो संविधानसभाको निवार्चनमा चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका नेतासमेत हुन् । शेरचन २०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत भएका थिए । 
 
विसं २०१७ सालदेखि वामपन्थी राजनीतिमा लागेका शेरचनको जन्म वि।सं २००६ सालमा म्याग्दी जिल्लाको ओखरबोटखानी ९ मा भएको हो । शेरचन भरतपुर महानगरपालिका वडा नं २६ का स्थायी बासिन्दा हुन् ।  
 
चितवनबाटै ७ नं प्रदेश सरकार प्रमुखमा शर्मिला त्रिपाठी सिफारिसमा परेकी छन् । ३ नं प्रदेशका सांसद् घनश्याम दाहाल ‘अविनाश’का अनुसार रत्ननगर १३ स्थित जयमंगलाकी त्रिपाठी २०५८ सालमा तत्कालीन माओवादी जनयुद्धमा राज्यतर्फबाट बेपत्ता पारिएका ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती हुन् । उनको माइती चितवनको पटिहानीमा पर्छ ।  
 
नेकपा माले हुँदै माओवादीको राजनीतिमा छिरेकी त्रिपाठीको पछिल्लो समय राजनीतिको कर्मथलो काठमाडौँ बनेको थियो । सांसद् घनश्याम दाहालले भने, ‘शर्मिला त्रिपाठी शान्तिप्रक्रियापछि बनेको बेपत्ता परिवार समाजको अध्यक्ष हुनुहुन्थ्यो, चितवन र काठमाडौँ दुवै ठाउँबाट उहाँले सक्रिय राजनीति गर्नुभएको थियो ।’ संविधानसभाको पहिलो र दोस्रो चुनावमा त्रिपाठी समानुपातिक सदस्यहरुको उम्मेदवारसमेत बनेकी थिइन् । 
 
चितवनबाट प्रदेश सरकार प्रमुखमा परेका दुवैले पार्टीले योगदानकोे मूल्यांकन गरेको बताए । उनीहरुले पार्टीले दिएको जिम्मेवारी इमान्दार भएर पूरा गर्ने बताएका छन् । 
 
प्यासी कास्की जिल्लाका पुराना नेता हुन् । उनी २०४३ सालको जनपक्षीय निर्वाचन र २०४८ सालमा भएको निर्वाचनमा सांसद् बनेका थिए । प्रदेश २ को सरकार प्रमुखमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, प्रदेश ५ मा धर्मनाथ यादव र कर्णाली प्रदेशमा गोविन्द कलौनी सिफारिस भएका छन् । 
 
प्रदेश २ को सिफारिसमा परेका तिलक परियार गत संविधानसभा निर्वाचनमा एकीकृत नेकपा माओवादीका तर्फबाट बाँके १ बाट निर्वाचित रोल्पाका हुन् । कर्णाली प्रदेशको प्रमुखको सिफारिसमा परेका डडेलधुराका गोविन्द कलौनी शिक्षण पेसाबाट राजनीतिमा आएका हुन् । २०६४ सालमा उनी तत्कालीन एमालेका तर्फबाट डढेलधुरामा उमेदवार बनेका थिए । 
 
प्रदेश ५ को सिफारिसमा परेका धर्मनाथ यादव सिरहाका पूर्व एमालेका हुन् । संविधान सभाको चुनावमा एमालेबाट समानुपातिक सांसद्को सूचीमा उनको नाम थियो । 
 
यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले नियुक्ति गरिएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबारको मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । आइतबारै राष्ट्रपतिद्वारा पदमुक्त गरेपछि रिक्त भएको स्थानमा वर्तमान नेकपाको सरकारले सातै जनालाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।