हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी–इपा सडक तथा निजगढ काठमाडौँ द्रुत मार्गको अवलोकन तथा अनुगमन गरेका छन् । अवलोकनका लागि उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपापञ्चकन्या लगायतका क्षेत्रमा पुगेका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानको समेत निरीक्षण गरे । …