धनगढी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयता नचाहनेहरु परास्त भएको आरोप लगाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संयुक्तरूपमा आज धनगढीमा आयोजना गरेको अन्तरतह समन्वय तथा स्थानीय तहको क्षमता विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले संघीयता र गणतन्त्रविरोधीहरु अहिले पनि निहुँ खोज्ने गरेकाले उनीहरुलाई व्यवहारबाट परास्त…