नेपालमा झण्डै ४० घण्टा भित्र भएका घटनाक्रमले अब देशमा के हुन्छ भन्ने प्रश्नलाई गम्भीर बनाइदिएको छ। लामो समयदेखि युवापुस्तामा पलाउँदै आएको असन्तुष्टि अन्ततः सडकमा विस्फोट भएको हो। तर पछिल्ला केही घटनाक्रमले देश नियन्त्रणबाहिर जाने हो कि भन्ने त्रास पनि बढाएको छ। चुनावमार्फत सत्तामा पुगेका प्रमुख राजनीतिक दलहरूले समयमै असन्तुष्टि बुझेर सम्बोधन गरेको भए यो अवस्था…