काठमाडौँ । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण शनिबार निधन भएको छ । उपचारमा रहेका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा शनिबार बिहान ११ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । त्रिभुवन विश्वविद्यालयमा करिब ३८ वर्ष अङ्ग्रजी विषयमा प्राध्यापन गरेका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका…