सर्वोच्च अदालत बार एसोसिएसनको नौबुँदे ध्यानाकर्षण

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले घोषित मितिमा नै स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्नुपर्नेसहित नौबुँदे ध्यानाकर्षण गराएको छ । आइतबार कार्यसमितिको बैठकले ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारी तथा राष्ट्रसेवकको हत्या, तोडफोड तथा लुटपाट, आगजनी तथा सार्वजनिक सम्पत्तिको नोक्सान गर्ने आपराधिक व्यक्ति वा समूहको पहिचान गरी प्रचलित कानुनबमोजिम फौजदारी अभियोगमा अनुसन्धान र अभियोजन हुनुपर्नेमा ध्यानाकर्षण गराएको छ…