मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

फेक रेस्क्यु प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

फेक रेस्क्यु प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीले झुट्ठा उद्धार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज तिमिल्सिनालाई पक्राउ गरेको हो ।

Advertisement

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले माउन्टेन रेस्क्यु सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार पारी बिमा ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको जानकारी दिए ।

उक्त प्रकरणमा यसअघि तीन कम्पनीका छ जना पक्राउ परिसकेका छन् । उक्त प्रकरणले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रलाई गम्भीर क्षति पु¥याएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका डा तिमिल्सिनाविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) र अन्य किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता श्रेष्ठले बताए ।

शेयर गर्नुहोस:

108
Shares