काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको संख्या छ हजार ७४१ रहेकामा आइतबार सो संख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४५ रहेकामा आइतबार सो संख्या घटेर १०९ पुगेको छ । यही जेठ १…