सिन्धुपाल्चोक । यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पु¥यायो । व्यक्तिगत घर, संघसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य…