मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सार्वजनिक स्थलमा भीडभाड नगर्न र जनस्वास्थ्य मापदण्ड कायम राख्न प्रशासनको आदेश

सार्वजनिक स्थलमा भीडभाड नगर्न र जनस्वास्थ्य मापदण्ड कायम राख्न प्रशासनको आदेश

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । चितवनमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आदेश जारी गरेको छ ।

मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकको निर्णय एवं जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको माघ ३ गतेको निर्णयबमाजिम अर्को आदेश नभएसम्मको लागि माघ ४ गते बिहान ६ बजेदेखि जिल्लाभर लागू हुने गरी प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आदेश जारी गरेका हुन् । 

 
सिडिओको आदेशअनुसार जिल्लामा भौतिकरुपमा २५ जनाभन्दा बढी उपस्थित भई गरिने सबै प्रकारका सभा, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव माघ मसान्तसम्म नगर्न भनिएको छ । गोष्ठी, सेमिनारजस्ता कार्यक्रम डिजिटल माध्यमको प्रयोग गरेर गर्न सकिने प्रशासनले जनाएको छ । विवाह, मृत्यु, पूजापाठजस्ता धार्मिक एवम् सांस्कृतिक गतिविधिको लागि पनि बढीमा २५ जनासम्म उपस्थिति हुने गरी सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ । 
 
भौतिकरुपमा उपस्थित भई गर्नैपर्ने कार्यक्रमका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी एन्टिजेन परीक्षण गरी नेगटिभ आएका र खोपको पूरा मात्रा लगाएका मात्र सहभागी हुनेगरी सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ । 
 
प्रशासनको आदेशअनुसार मानिसहरुको बढी भीडभाड हुने सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार माघ १५ गतेसम्म पूर्णरुपमा रोक लगाइएको छ । यस्तै, माघ ७ गतेदेखि सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा, सार्वजनिक सेवा प्राप्त गर्दा वा आन्तरिक उडान गर्दा अनिवार्यरुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने भएको छ ।

सबै प्रकारका शैक्षिक गतिविधि वैकल्पिक विधि अपनाइ सञ्चालन गर्नुपर्ने र वार्षिक परीक्षाहरु जेड आकारमा जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी सञ्चालन गर्न आदेश जारी भएको छ । सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपरमार्केट तथा अन्य पसलहरुमा बढीमा २५ जनाभन्दा बढी उपस्थित नहुनेगरी सञ्चालन गर्ने र पार्टी प्यालेसमा पनि कुल क्षमताभन्दा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्र रहने गरी सिडिओको पूर्वस्वीकृति लिएर विवाह, व्रतबन्धलगायतका धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । 

 
यस्तै, रंगशालामा खेलकुद गर्दा कुल क्षमताको एक तिहाइ नबढ्ने गरी जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्ने, धार्मिक अनुष्ठानका कार्यक्रम तथा मृत्यु संस्कारमा पनि ५० जना नबढ्ने गरी सञ्चालन गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । सार्वजनिक सवारीसधानहरूमा पनि बिनामास्क यात्रा गर्न नपाइने गरी सञ्चालन गर्ने, हरेक सार्वजनिक बसमा यात्रुका लागि बढीमा पाँच रूपैयाँ लिने गरी मास्कको व्यवस्था गर्ने, हवाइजहाजमा यात्रा गने का लागि मास्क, स्यानिटानइजर तथा फेस सिल्डलगायत स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्रै यात्रा गराउन विमानका कम्पनी तथा विमानस्थललाई सूचना जारी गरिएको छ ।

होटल तथा रेस्टुरेन्टको हकमा कामदारले अनिवार्यरुपले मास्क, फेस सिल्ड र पञ्जा लगाउने, सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने, कुल होटल तथा रेस्टुरेन्टको कुल क्षमताको आधाभन्दा नबढ्ने गरी कम्तीमा पनि दुई मिटरको भौतिक दुरी कायम गरी सेवा दिनुपर्ने आदेश जारी भएको छ । माघ ७ गतेदेखि होटल तथा रेस्टुरेन्ट प्रवेश गर्नेलाई खोप कार्डका आधारमा प्रवेश गर्न दिने सूचनामा उल्लेख छ । 

 
यस्तै, आम नागरिकका हकमा जनस्वास्थ्यका पालना पूर्णरुपमा गर्ने घरबाहिर निस्कँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने, विदेशबाट नेपाल आउँदा कोभिड नेगेटिभ भए पनि कम्तीमा पाँच दिन होम क्वारेन्टिनमा बस्ने, पिसिआर परीक्षणका लागि स्वाव दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल नगर्ने, होम आइसोलेसनमा बसेको व्यक्ति निरन्तर स्वास्थ्यकर्मीको सम्पर्कमा रही स्वास्थ्यसम्बन्धी समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जान प्रशासनले जारी गरेको सूचनामा अनुरोध गरिएको छ ।