काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार राति शीतल निवासमा भएको लामो छलफलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति बनेको छ। हाल पनि शीतल निवासमै वार्ता जारी रहेको स्रोतले जनाएको छ। राष्ट्रपति पौडेलले यसअघि प्रमुख दलका नेताहरूसँग (एमाले, कांग्रेस र माओवादी) छलफल गरेका थिए। ती नेताहरूले पनि आन्दोलनरत जेनजी समूहको भावनाबमोजिम कार्कीको नेतृत्वमा…