नेपाल

सुन सौखिनबीच सांसद् आशिकासँग २५० रुपैयाँको फुली

सुन सौखिनबीच सांसद् आशिकासँग २५० रुपैयाँको फुली


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै आलोचना पनि सुरू भएको छ ।

रास्वपाबाट मन्त्री बनेकाहरुको अस्वाभाविक सम्पत्ति देखिएको भनी सामाजिक सञ्जालमा आलोचनासमेत हुन थालेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरणमा सुन र हिरा १९० तोला रहेको उल्लेख गरेका छन् । त्यस्तै अरु मन्त्रीहरु पनि सुनका सौखिन नै देखिएका छन् ।

Advertisement

सम्पत्ति विवरणमा देखिएको मन्त्रीहरुको सुन मोहलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने ट्रोल बनाइरहेका छन् । प्रधानमन्त्री र मन्त्रीहरुले छपक्कै सुन लगाएको तस्बिरहरु बनाएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यंग्यात्मक विरोध जनाइरहेका छन् ।

सामाजिक सञ्जालमा रास्वपाकी सांसद आशिका तामाङसमेत सिकार बनेकी छन् । आशिकाको पनि सुनलगाएर पँहेलै भएको तस्बिर सामाजिक सञ्जालमा आएपछि उनले आफूसँग सुनको नाममा केवल नाकमा लगाएको २५० रुपैयाँको फुलीमात्रै रहेको स्पष्टीकरण दिएकी छन् ।

‘फेसबुकभरि मेरो फोटोलाई सुन नै सुनले भरिभराउ पारिदिनुभएको रहेछ । तर, वास्तविकता के हो भने नाकमा लगाएको २५० रुपैयाँको फुलीबाहेक मेरो कुनै सुन छैन,’आशिकाले भनेकी छन् ।