चितवन । स्थानीय सरकार–समुदाय–प्रहरी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र रत्ननगर नगरपालिकाले तयार गरिएको चेतनामूलक विद्यालय पाठ्यसामग्री कार्यान्वयनका लागि शनिबार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र रत्ननगर नगरपालिकाको सहकार्यमा प्रकाशित पाठ्यसामग्री विद्यालय र क्याम्पस तहमा लागू गर्न प्रहरी, स्थानीय सरकार, सामुदायिक विद्यालय, निजी विद्यालय र क्याम्पसबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।…