मनास्लु आधार शिविरमा हिमपहिरो : १२ घाइते, तीनको अवस्था गम्भीर, एक विदेशी नागरिक सम्पर्कविहीन

काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए ।    घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए । …