६८ यात्रु र चार चालक दलसहित ७२ जना सवार यती एयरलायन्सको विमान दुर्घटना

काठमाडौँ । पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोंचमा यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ३० जनाको शव अस्पतालमा पुर्‍याइएको छ ।    सुरक्षाकर्मीहरुले दुर्घटनास्थलबाट ३० जनाको शव निकालेर पोखरास्थित गण्डकी अस्पतालमा पठाएका हुन् । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो…