वैदेशिक रोजगारीलाई व्यवस्थित र प्रभावकारी बनाइने : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक रोजगार विभागबाट हुने सेवालाई सरलीकृत गरी यससँग जोडिएका सबै निकायको कामलाई सहज तुल्याइएको उल्लेख गरे ।…