विपत्तिका बेला सहाराविहीनको सहारा सरकार हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेला आडभरोसा गर्ने कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छन् । सबैले मिलेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले सहाराविहीनको सहारा सरकार हुने बताए । जाजरकोट भूकम्पबाट भएको क्षति तथा भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन मंगलबार भूकम्पको केन्द्रविन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुगेका…