चितवन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा तस्करले धरापमा पारेर मारेका छन् । दुवै गैँडा खाल्टोमा परेर मरेका हुन् । विगत लामो समयदेखि तस्करले खाल्टो खनेर गैँडा धरापमा पारेका थिएनन् । करिव बीस वर्षअघि यसरी गैँडा मार्ने गरिएकामा पछिल्ला वर्षहरुमा गोली हानेर, करेन्ट लगाएर तस्करहरुले गैँडा मार्दै आएका थिए ।…