नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ऐतिहासिक धार्मिकस्थल त्रिवेणीधाममा माघे औँसीमा साढे तीन लाख बढी भक्तजनले स्नान गरेका छन् । हरेक वर्षको माघ कृष्ण औँसीका दिन यहाँ स्नान गरेमा मोक्ष प्राप्त हुने विश्वासका साथ नेपाल र भारतबाट लाखौँ भक्तजन आउने गरेका गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) क्षेत्र विकास समितिले जनाएको छ । स्वर्णभद्रा, पूर्णाभद्रा र नारायणी नदीको सङ्गमस्थल…