गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताएका छन् । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उहाँले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गरे । बिनाप्रयास, बिनामिहेनत नलडी कोही विजेता नहुने उल्लेख…