मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
नेपाल   
मुख्य समाचार   

अनुभवको कमीले नेपालले चमत्कार गर्न सकेन, पाकिस्तानले जित्यो

अनुभवको कमीले नेपालले चमत्कार गर्न सकेन, पाकिस्तानले जित्यो


काठमाडौ- क्रिकेटमा बलियो टिमसंग प्रतिस्पर्धा गर्न नेपालको अनुभव अझ पुगेको रहेनछ भन्ने बुधवार नेपाल र पाकिस्तान विचको खेलले देखाएको छ ।

यो खेलमा पाकिस्तानले सहजै जित हासिल गर्यो । टस जितेर पहिलो ब्याटिगं गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ३४२ रनको विशाल स्कोर खडा गरेको थियो । खेलको शुरुमा नेपाली खेलाडीले पाकिस्तानी ब्याट्समेनलाई केही दवावमा राखेका थिए । झण्डै ३० ओभरसम्म त खेलमा नेपाल मजबुत नै देखिएको थियो । हेर्दा रमाइलो नै थियो । तर, त्यसपछिको ओभरमा नेपाल कमजोर देखिदैं गयो । पाकिस्तान टिमका क्याप्टेन बाबर अजामले १५१ रन वनाएर रेकर्ड राखे ।

पाकिस्तानी ब्याट्सम्यानले रन माथि रन थप्दै गए र ३४२ को विशाल स्कोर खडा गरे । यसलाई पार पाउने नेपाली टिमका लागि चुनौतीपूर्ण थियो । तर, पाकिस्तानका अनुभवी बलर अगाडी नेपाली ब्याट्सम्यान टिक्न सकेनन । १०४ रनमा नै नेपालले सवै विकेट गुमायो । नेपाली खेलाडी पुरा ओभरसम्म टिक्न पर्छ भन्दा भन्दै पनि २४ ओभर पनि छुन सकेनन् । क्याप्टेन रोहित पौडेलले खासै केही गर्न सकेनन् । उनी त खेल देखाउन नपाई आउट भए ।

पाकिस्तान अहिले एक दिने क्रिकेटको वरियतामा पहिलो नम्बरमा छ । पाकिस्तानी खेलाडीहरु अहिले फर्ममा छन् । यस्तो तुलनात्मक रुपमा क्रिकेट वरियतामा माथिल्लो श्रेणीमा रहेका टिमसंग नेपालले खेल्न सजिलो थिएन । खेल हेर्दा सबै पक्षमा नेपाली खेलाडीसंग अनुभवको कमी देखियो ।

पाकिस्तान जस्ता माथिल्लो श्रेणीमा रहेका टिमसंग खेल्न नेपालले अझ धेरै मेहिनेत गर्नु पर्ने बुधवारको खेलले देखाएको छ । उत्साह, जोश, हौसला मात्र भएर पुग्दैन अनुभव पनि हेर्न पर्छ भन्ने यो खेलले देखाएको छ । तस्बिर: सामाजिक संजाल