काठमाडौँ । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै आपत्ति जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संसद्को मुख्य नेतृत्वबाट पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । शुक्रबार सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग…