विराटनगर । नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारबाहीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । पार्टीको महानगर कमिटीद्वारा विराटनगर विरोध प्रदर्शनमा सहभागीहरूले दोषीमाथि कारबाही गर्न निष्पक्षरूपमा कार्य अगाडि बढाउनुपर्ने विचार राखेका छन् । वक्ताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ…