कैलाश सिरोहिया भन्छन्- शंका लागे नागरिकता अनुसन्धान गर्नु !

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्नो नागरिकताका विषयमा अनुसन्धान गर्न चुनौती दिएका छन् । एक विज्ञप्ति जारी गर्दै सिरोहियाले शंका लागेमा नागरिकता बारे अनुसन्धान गर्न चुनौती दिएका हुन् । धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएपछि उनले आफ्नो नागरिकताबारे स्पष्ट गर्दै शंका लागे अनुसन्धान गर्न चुनौती दिएका छन्…