राजस्व चुहावट, छली, ठगी र तस्करीविरुद्ध सरकार निर्ममतापूर्वक अघि बढ्छ : गृहमन्त्री

पर्सा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करीजस्ता गैरकानुनी गतिविधि गर्नेविरुद्ध सरकार निर्ममतापूर्वक अघि बढ्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका हुन् । गृहमन्त्री लामिछानेले बिलबिजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताएका…