अपराधीको संरक्षण गर्दै गए प्रधानमन्त्रीमाथि नै छानबिन गरिनुपर्छ : नैनसिंह महर

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथिनै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन्। प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई लुकाउने र चोख्याउने प्रयास गर्दै आएको दाबी गर्दै त्यस्तो कार्य जारी राखे प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने अवस्था आउन…