मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

नेपाली राजदूतावासको सान फ्रान्सिस्कोमा कन्सुलर तथा राहदानी शिविर सुरू

नेपाली राजदूतावासको सान फ्रान्सिस्कोमा कन्सुलर तथा राहदानी शिविर सुरू


शेयर गर्नुहोस:

2.2k
Shares

  • change font
  • change font
  • change font

क्यालिफोर्निया । नेपाली राजदूतावास वासिङ्टन डिसीको आयोजनामा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा कन्सुलर तथा राहदानी शिविर सुरू भएको छ।

नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको सहयोगमा पाँच दिने शिविर सञ्चालन गरिएको हो।

Advertisement

डिसीबाट ६ घन्टाको हवाई दूरीमा रहेको सान फ्रान्सिस्कोमा जनवरी १४ मा खुला गरिएको राहदानी नवीकरणका लागि आवेदन दुई घन्टामै भरिएको थियो । पाँचदिने शिविरमा ७ सय जनाको आवेदन लिई काम सुरू गरिएको दूतावासका कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले जानकारी दिए ।

‘दूतावासमा पुग्न लाग्ने समय र खर्चका हिसाबले शिविरबाट धेरै नै लाभ भएको छ । र, यो काम गरेर सही निर्णय लिएका छौँ भन्ने लागेको छ’, आरणले संक्षिप्त उद्घाटनका क्रममा भने । घरदैलोमा सेवा दिने सरकारको प्राथमिकतालाई अनुशरण गर्दै शिविर सञ्चालन गरिएको उनको भनाइ थियो।

स्थानीय आयोजकहरूको सहयोग र प्रयासले दूतावासले यहाँ सेवा दिन सम्भव भएको उनले बताए । राहदानी नवीकरणका लागि खोलिएको समय दुई घन्टामै सकिएको उल्लेख गर्दै अझै पनि सेवाग्राही सयौँ जना बाँकी रहेको हुनाले शिविरको समय थप गरिने जानकारी उनले दिए ।

स्थानीयको अनुरोधलाई ध्यान दिँदै, दुई तीन दिन थप गरेर भए पनि सेवा दिन दूतावास तयार रहेको उनले बताए । ‘सबैलाई सेवा पुर्‍याउन परराष्ट्रमन्त्री आरजु राणा देउवा र सचिव अमृतबहादुर राईको स्पष्ट निर्देशन छ’, आरणले भने– ‘यहाँको कठिनाइलाई सम्बोधन गर्न दूतावासको टोली प्रतिबद्ध छ।’

त्यस्तै, क्यालिफोर्नियाका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले बे एरियामा धेरै नेपालीको बसोबास भएकोले नै दूतावासले यो शिविर सञ्चालन गरेको जानकारी दिए । यसअघि लस एञ्जलसमा भएको शिविरमा पनि सान फ्रान्सिस्कोबाट राहदानीका लागि मानिसहरू पुगेको उल्लेख गर्दै शिविरले धेरैलाई लाभ पुर्‍याएको बताए ।

स्थानीय आयोजक संस्था नान्सका अध्यक्ष प्रितेश कार्कीले पाँच दिनमा आवश्यक परेका सबैले सेवा पाउन नसक्ने उल्लेख गर्दै समय थप्न आग्रह गरेका थिए । यसअघि सन् २०२२ को नोभेम्बरमा भएको शिविरमा ७ सय ४६ जनाले सेवा पाएको जानकारी दिँदै दूतावासमार्फत सरकारलाई धन्यवाद दिए ।

त्यस्तै, अर्को आयोजक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले दूतावास र स्थानीय स्वयंसेवकहरूको प्रयासप्रति आभार प्रकट गरे । राहदानीसँगै वारेसनामा लगायतका सेवा पनि सुचारू भइरहेका छन् । शिविरको पहिलो दिन दुई सय जनाले सेवा लिएका छन्।

शेयर गर्नुहोस:

2.2k
Shares