पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रङ्गको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने पर्व फागुपूर्णिमा आज हर्षोल्लासका साथ मनाइएको छ । पोखरा बजारसहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशीसहित विदेशी पर्यटकले समेत एकापसमा विभिन्न रङ्ग तथा अबिर दलेर होलीमा रमाएका छन् । पोखरा घुम्न आएका पर्यटकले एकापसमा रङ्ग दलेर शुभकामना आदानप्रदान गरी होली मनाएका हुन् ।…