मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजंघा हिमाल आरोहण गरेको छ। संयुक्त आरोहण अभियान टोलीले यही जेठ ५ र ६ गते कञ्चनजंघा हिमाल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

दुई वटा समूहमा भएको उक्त आरोहणमा नेपाली सेनाका सेनानी गजेन्द्र देउवाको नेतृत्वमा १० र भारतीय सेनाका कर्नेल सर्फराज सिंहको नेतृत्वमा पाँच गरी १५ जना सहभागी थिए।

सेनाद्वारा हिमाली क्षेत्रको सरसफाइ

पर्यावरण संरक्षणमा टेवा पुर्‍याउनुका साथै हिमाली क्षेत्रमा सरसफाइको महत्वका बारेमा स्थानीयलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेनाले सरसफाइ गरेको छ।

यही जेठ ३ गते नेपाली सेना अन्तर्गत मुस्ताङ जिल्लामा तैनाथ श्री सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले थोराङ पास इलाकामा छरिएर रहेका ३५० केजी (३७ बोरा) फोहर संकलन गरी अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) जोमसोमलाई हस्तान्तरण गरेको छ।

त्यसैगरी, गत वैशाख २६ गतेदेखि आजसम्म सोलुखुम्बुमा सेनाले अभ्यास शिखर यात्रा सञ्चालन गरी गोरक्सेप, दिङबोचे, पाङ्बोचे, कालापत्थर क्षेत्रमा सरसफाइ गर्नुका साथै स्थानीयको उपस्थितिमा सचेतनामूलक कार्यक्रमसमेत गरेको विज्ञप्तिमार्फत जनाएको छ।

सेनाले पाङबोचे र दिङबोचे क्षेत्रमा जम्मा भएको करिब ५०० केजी फोहरलाई स–साना टुक्रा बनाई ढुवानी गर्न सहज बनाउनुका साथै पाङबोचे र नाम्चेमा रहेको करिब १०० केजी फोहर लुक्लासम्म ढुवानी गरी सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको छ।

शेयर गर्नुहोस:

108
Shares