राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन

पाटन । राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गरेका छन् । उनले ललितपुरको जावलाखेलमा आइतबार अपराह्नमा ४ः०० बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गरेका हुन् ।   राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गरे । उनीहरुलाई ललितपुर महानगरपालिकाका…