काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृह मन्त्रालयको प्रमख जिम्मेवारी भएको बताएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गर्दै उनले सूत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको प्रस्ताव र मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावसम्बन्धी…