बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले उद्योगका लागि स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन जोड दिएका छन् । आइतबार १०औँ उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडामा आयोजित नवप्रवर्तक उद्यमी सम्मान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले हाम्रो वरपर भएका कच्चापदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न सके कच्चापदार्थको आयातका नाममा नेपाली पैसा नबाहिरिने बताए…