काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा यही जेठ १३ गते काठमाडौंमा पहिलोपटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट आयोजना हुने भएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक संस्थाका अध्यक्ष सुदर्शन नेपालले सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय सगरमाथा आरोहीको विशेष जमघट…