काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ । अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो । एमसिए–नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण…