पर्सा । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्नेगरी काम गर्नका लागि वीरगञ्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । अर्थमन्त्री वाग्लेले आज यहाँस्थित वीरगञ्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन पनि दबाब पर्ने भएता पनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन अनुरोध गरे । ‘‘लक्ष्यअनुसार राजस्व उठाउनको लागि एउटा दबाब…