विकासका लागि राजनीतिक स्थिरता आवश्यक : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरूङले विकास र समृद्धिका पक्षमा प्रमुख दुई ठूला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको बताए । उनले देशमा अहिले स्थिर सरकार भएकाले लगानीको वातावरण बनेको प्रसङ्ग उल्लेख गर्दै…