आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न गरेको आग्रहलाई नेपाल चिकित्सक संघले अस्वीकार गरेको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनशक्ति अभाव र व्यवहारिक कठिनाइ देखाउँदै तत्काल आइतबार ओपीडी सेवा दिन नसकिने बताएको हो। सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा मन्त्रालयले…