काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सदनप्रति उत्तरदायी बनाउन खोज्ने प्रयत्न बिहीबार पनि जारी रह्यो । अन्ततः प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित गराउन सभामुख डिपी अर्यालसमेत असफल रहे ।
वेलमा नाराबाजीकैबीच विधायिकी प्रक्रिया पूरा गरियो । सभामुख डोलप्रसाद अर्याल सरकारलाई सदनप्रति जिम्मेवार बनाउनेतिर होइन कि विपक्षीलाई ‘पेलेरै’ जान उद्यत् भए । त्यसो त, बिहीबार प्रारम्भमै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउनुपर्ने अडानले विपक्षी वेलसम्म पुगे, सभामुख डोलप्रसाद अर्यालले पेलेरै सदन चलाए । प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा आकस्मिक, शून्य र विशेष समय सञ्चालन भयो ।
कार्यसूचीमा अघि बढ्न खोज्दा संसद् अवरोध भयो । किनभने प्रधानमन्त्री शाहको कार्यक्षेत्रभित्र विधेयक प्रस्तुत गर्न उनी उपस्थित भएनन् । शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तोकिएको थियो ।
कार्यसूचीअनुरूप प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक), २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न गौतमलाई अनुमति दिएपछि विपक्षीले अवरोध गरेका थिए ।
प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे । विपक्षीका विरोधकाबीच सभामुखले कानुनमन्त्री सोवितालाई समय दिएका थिए । तर, विपक्षीको सवाल जवाफपछि उनले १५ मिनेटका लागि सदन स्थगित गरेका थिए ।












प्रतिक्रिया