एमालेले चुनावको तयारी र संसद् पुनर्स्थापनाको मुद्दासँगै अगाडि बढाउने

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दासँगसँगै अगाडि बढाउने बताएका छन् । नवलपरासीको सुनबलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै संसद् पुनःस्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए । उपमहासचिव ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन…