मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्त्वपूर्ण कार्य भएको बताएका छन् । राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गरे । प्रधानमन्त्री ओलीले…