निजी क्षेत्रसँग छलफल गरी समस्या समाधान गर्छौं : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग आवश्यक छलफल गरी समस्या समाधान गरी अघि बढ्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उद्योग वाणिज्य तथा आपूर्ति  विभागका प्रमुख मोतिलाल दुगडसहितको टोलीसँग भएको भेटमा मन्त्री भण्डारीले निजी क्षेत्रले के चाहेको हो ? त्यो यथार्थ बुझ छलफलका माध्यमबाट समस्या समाधान गरिने…