काठमाडौँ । निजी क्षेत्रका तीन संस्थाले मुलुकमा लगानीको वातावरण नबिगार्न सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी कोशी प्रदेशको पाथीभरा (मक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै बन्द र हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह…