काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धीमा छुट्टै ऐनको व्यवस्था गर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी लक्ष्य हासिल गर्न गम्भीर रहेको बताएका हुन् । उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा…